नेपाल आइडल सिजन २ : नेपालीको मन जित्दै अश्मिता अधिकारी

काठमाडौँ, ४ पौष । नेपालको चर्चित रियालिटी शोको रुपमा हेरिएको नेपाल आइडल सिजन २ को फाइनल चरणमा पुगेको छ ।

सिजन दुईको फाइनल राउण्डमा झापाकी अश्मिता अधिकारी, पोखराका विक्रम बराल, धनगढीका रबि ओढ, झापाका सुमित पाठक प्रतिपर्धामा रहेका छन् ।

प्रतिपर्धि चारै जनाको प्रस्तुती उत्कृष्ट नै रहेको छ । जसमा कला, गला र मिठो स्वरका धनि झापाकी अश्मिता अधिकारीले पनि आफ्नो स्रोता तथा दर्शदकको मनलाई जित्न सफल भएकी छिन ।

अधिकारी कुनै एउटा विधामात्र नभई गायन क्षेत्रमा भएका सवै विधामा प्राय उस्तै दक्षता रहेको पाइएको छ । लोक, पप, आधुनिक, चलचित्र लगायतका विधामा आफ्नो प्रस्तुती प्रस्तुत गरी आफ्नो प्रतिभा नेपाली स्रोतमाझ पुर्याइसकेकी छिन ।

नेपाल आइडलको उत्कृष्ट चारमा पुगिसकेकी अश्मिता फाइनलको यात्रामा रहेकी छिन  । उत्कृष्ट तीनमा पुगेर आइडल बन्नका लागि उनले आफूलाई बढीभन्दा बढी भोट गर्न अनुरोध गरेकी छिन ।

उनको VOTING CODE 02 लाई 31009 मा SMS गरि पठाउनु पर्नेछ र Respect & Rise applicationडाउनलोड गरेर पनि भोट गर्न सकिन्छ ।

भोटिङको लागि आगामी शुक्रबार ५ बजेसम्मको लागि खुल्ला रहेको छ भने शुक्रबार नै अन्तीम प्रतिपर्धा हुने भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com