‘मिस यूनिभर्स’को टप १० मा पर्न सफल मनितालाई विमानस्थलमा स्वागत

काठमाडौँ, ५ पौष । ‘मिस यूनिभर्स’मा टप १० मा पर्न सफल मनिता देवकोटालाई विमानस्थलमा स्वागत गरिएको छ ।

थाइल्याण्डको बैंककबाट नेपाल आएकी देवकोटालाई स्वागत गर्नका लागि ‘मिस नेपाल बर्ल्ड’ श्रृङ्खला खतिवडा, ‘मिस नेपाल २०१८’को उत्कृष्ट ४ मा पर्न सफल प्रिया सिग्देल र रोनाली अमात्य त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

देवकोटाले विमानस्थलमा बोल्दै नेपालीले आफूलाई दिएको मायाले आफू उत्साहित भएको बताउदै, नेपालीले देखाएको मायामा धन्यवाद ज्ञापन समेत गरिन् ।

श्रृङ्खलाले ‘मिस बर्ल्ड’मा आफूलाई उत्कृष्ट १२ सम्म पुर्याउन सफल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com