करीना र सैफ छोरा तैमूरको जन्मदिन मनाउदै

एजेन्सी, ५ पौष । बलिउड नायीका करीना कपूर र नायक सैफ अली खान दक्षिण अफ्रीकामा छोरा तैमूरको जन्मदिन मनाउदै छन ।

छोरा तैमूर आगामी बिहीबार २० डिसेम्बरमा २ वर्षका पुग्दैछन् । तैमूर बलिउडमा मोस्ट पपूलर सेलिब्रिटी किड्स हुन् । दक्षिण अफ्रीकामा विदा मनाइरहेको यो दम्पतीका केही तस्वीर, भिडियोहरु सार्वजनिक भएका छन् ।

गएको वर्ष तैमूरको बर्थ डे पार्टी हरियाणाको पटौदी प्यालेसमा राखिएको थियो । उक्त बर्थ डेमा बज्यै शर्मिला टैगोर, मामा घरकी बज्यै बबिता, मामा घरका बाजे रणधीर कपूर, ठूली आमा करिश्मा कपूर र उनका बच्चाका साथै अमृता अरोडा, नताशा पूनावाला, करण कपूरसहित केही सेलिब्रिटीज पुगेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com