कांग्रेसमा पदाधिकारी विवाद समाधान

काठमाडौँ, ६ पौष । प्रमुख प्रतिपक्षिदलको महासमितिको बैठकबाट पदाधिकारीको समस्या समाधान भएको छ ।

लामो समयसम्मको छलफलपछि सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति भएको छ । उक्त निर्णयसँगै पदाधिकारी संख्या १३ पुग्ने भएको छ । अब उपसभाति, महामन्त्री २/२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् । १३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् ।

सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com