इंग्लिस प्रिमियर लिगमा लिभरपुल चार अंकको अग्रता
एजेन्सी, ७ पौष । उलभरह्याम्टनको मैदानमा भएको इंग्लिस प्रिमियर लिगमा लिभरपुलले चार अंकको अग्रता लिएको छ ।
शुक्रबार राति भएको खेलमा उल्भरह्याम्टनलाई २–० ले हराउँदै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दूरी चार अंकमा लम्ब्यायो ।
१८औं मिनेटमा सलाहले फाविन्होको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा भर्जिल भ्यान जिकले गोल गर्दा सलाहले एसिस्ट गरेका थिए ।
उल्भरह्याम्टन भने २५ अंक सहित सातौं स्थानमा छ ।