राजनीतिमा प्रतिस्पर्धा, विकासमा ऐक्यवद्धता : उपप्रधानमन्त्री पोखरेल

भक्तपुर, ७ पौष । नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले समृद्ध नेपाल सुखी नेपाली बनाउन राजनीतिमा प्रतिस्पर्धा तथा विकासमा ऐक्यवद्धता हुनुपर्ने बताउनुभएको छ ।

आज भक्तपुर जिल्लाको अरनिको राजमार्ग सफाई अभियानको दोस्रो चरणको समापन तथा हनुमन्ते नदी सफाई अभियानको सामाजिक सेवा उद्घोष सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले आर्थिक विकास र समृद्धिको साथमा जनताको जीवनलाई समृद्ध बनाउन सवै एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले राम्रो काम गर्नु एक पटकमा काफि नहुने बताउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । हुनमन्ते तथा अरनिको राजमार्गको एक महिने अभियानले अनुभवता प्रदान गरेको र आगामी दिनमा सफाई अभियान व्यापक र व्यवस्थित गर्दै जानुपर्ने बताउनुभयो ।

प्रकृतिमाथि थिचोमिचो हामी मानवले नै गरेको भन्दै मन्त्री पाखरेलले त्यसको दुसपरिणाम जनताले नै प्राप्त गरेको दुःखेसो व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक सम्पत्ती अतिक्रमण गर्नु सार्वजनिक अपराध भएको बताउँदै सार्वजनिक सम्पत्तीको अतिक्रमणको विरुद्धमा एकतावद्ध भई अभियान नै सञ्चालन गर्दै सामाजिक चेतनाको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रकृतिसँग थिचोमिचो नभई सहकार्य जरुरी रहेको औल्याउनुभएको छ ।

कार्यक्रममा विपद व्यवस्थापन सम्वन्धी सामग्री हस्तान्तरण तथा हरनिको राजमार्ग र हनुमन्ते नदी सफाई अभियानमा सहयोग गरे वापत सम्मान समेत गरिएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com