उद्धारक सैँजुलाई पूर्वराष्ट्रपतिबाट सम्मान

काठमाडौँ, ८ पौष । पूर्वराष्ट्रपति डा.रामवरण यादवले भक्तपुरका उद्धारक एवम् स्काउट शिक्षक अरुण सैंजुलाई शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा उत्कृष्ट युवा पुरस्कारबाट सम्मान गरेका छन् ।

जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसीसको ४५ औं राष्ट्रिय सम्मेलनका अवसरमा पुर्व राष्ट्रपति डा.यादवले उद्धारक सैंजुलाई साहसिक एवम् वीरतापूर्ण कार्य विधा अन्तर्गत २०१८ को स्वर्णपदक र ताम्रापत्र सहित उत्कृष्ट युवा पुरस्कारबाट सम्मान गरेका हुन । सो पुरस्कारसंगै दिइएको नगद भने आफुले नलिएको सैंजुले बताए ।

स्काउट शिक्षक सैंजु भक्तपुरमा आप्तकालीन अवस्थामा उद्धारकको रुपमा परिचित नाम हो । उनी भक्तपुरको जुनसुकै ठाउँमा भएका आगलागी होस या बाढी पहिरो जानकारीमा आएपछि पुगेर पीडितको उद्धार गर्दै आएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com