सेवा घरको विशेष मिलन समारोह : सहयोगी हात फौलाउँदै जानुपर्नेमा शुभेच्छुकको जोड
भक्तपुर, ८ पौष । मानव सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै मानव कल्याण सेवा घरको विशेष मिलन समारोहमा सहयोगी हातहरु फैलाउँदै जानुपर्नेमा शुभेच्छुकहरुले जोड दिएका छन् ।
भक्तपुरको चाँगुनारायण वडा नं. ७ स्थित उक्त सेवा घरको शनिवार सम्पन्न समारोहले उपत्यकामा मात्र नभई देशभर वेवारीसे सडकमा रहेका मानिसलाई साहाराको रुपमा परिणत गर्न सफल भएकोमा सेवा घरको उच्च सम्मान व्यक्त गरेका छन् ।
वेवारीसे मानिसलाई सेवा मात्र नभई सरकारको वेवारीसे मानिस मुक्त बनाउने जुन लक्ष्य लिएको त्यसको सारथी समेत सेवा घर भएको स्थानीय जनप्रतिनिधि तथा शुभेच्छुकले बताए ।
नेपालको संविधानले गास, वास र कपास मानिसको आधारभुत आवश्यकता भएको भनि ग्यारेन्टी गरेता पनि नेपालमा वेवारीसे सडकमा रहेका मानिसले त्यसको उपयोग गर्न पाएका छैनन् । जसकालागी एउटा उदाहरणीय अभिभावकत्व भएको छ मानव कल्याण सेवा घर ।
उक्त सेवा घरले वेवारीसे सडकमा रहेका मानिसलाई लगेर संरक्षण गर्नेमात्र नभई पहिचानका आधारमा घर परिवारमा मिलन गराउने कार्यमा समेत मूख्य कार्यको रुपमा अघि बढाएको छ । स्थापनाको छोटै समयमा करिव दुई दर्जनको हाराहारीमा वेवारीसे व्यक्तिहरुलाई आफ्नो घरपरिवारमा पुर्याई मिलन गराउने कार्य गरेको छ ।
सेवा घरमा पानी, बत्ती, खाध्यान्न, औषधि, इन्धन, बिजुली, शिक्षा, तरकारी, दहिदुध, घरभाडा आदिको लागि मासिक २ लाख खर्छ हुँदै आएको छ ।