एक हजार जनालाई निःशुल्क शिपमुलक तालीम दिइने

रामेछापका ग्रामिण क्षेत्रको विकासमा ‘फ्राड्स’ सक्रिय 

काठमाडौँ, ८ पौष । गैरसरकारी संस्था ग्रामिण क्षेत्रहरुको विकासका लागि मैत्री एवम् मित्रता ‘फ्राड्स’ ले आगामी दुईवर्षमा रामेछापका एकहजारजना युवाहरुलाई निःशुल्क शिपमूलक व्यवसायीक तालीम दिने घोषणा गरेको छ ।

‘फ्राड्स’ रामेछाप जिल्लाको दुर्गम ग्रामिण भेगमा औपचारिक रुपमा विगत १३ वर्ष र अनौपचारिक रुपमा करीव ३० वर्षदेखि काम गर्दै आएको संस्था हो । राजधानीमा सम्पन्न उक्त संस्थाको १३ औं वार्षिक साधारण सभामा संस्थाले हालसम्म शिक्षा, स्वास्थ्य तथा युवा स्वरोजगार कार्यक्रम लगायतलाई जोड दिँदै आएको जानकारी दिइयो ।

संस्थाका महासचिव एवम् श्री श्रमिक शान्ति मावि च्यासल ललितपुरका सहायक प्रधानाध्यापक पवन विक्रम कार्कीले साधारणसभामा संस्थाको प्रगती विवरण तथा भावी योजना प्रस्तुत गर्दै सो जानकारी गराउनुभयो ।

महासचिव कार्कीका अनुसार गतवर्षपनि धेरै युवाहरुलाई आवश्यकतामा आधारित निशुल्क स्वरोजगारमूलक तथा शिपमुलक व्यवसायीक तालीम दिइएको उल्लेख गर्दै आगामी वर्ष २०१९ देखि स्वरोजगारमूलक र शिपमुलक व्यवसायीक तालीममा बढी जोड दिने बताउनुभयो ।

उहाँका अनुसार संस्थाले विगतदेखि नै स्किल नेपाल, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद र दातृ निकायसंग मिलेर युवायुवतीहरुलाई सिलाईकटाई, इलेक्ट्रिसियन, ब्युटिसियन,मोवाइल मर्मत र कम्प्युटर मर्मत जस्ता शिपमुलक व्यवसायीक तालीम दिँदै आएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com