कोरियाले नेपाली कामदारको संख्या बढाउने : भाषा परीक्षाको आवेदन खुल्दै

काठमाडौँ, १० पौष । नेपालीहरुको राजगारीको मूख्य गन्तव्य बन्दै गइरहेको कोरियाले नेपाली कामदारको माग संख्या बढाउदै दश हजार भन्दा बढी पुर्याउन भएको छ ।

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत १० औं भाषा परीक्षाको आवेदन फागुन दोस्रो साता खुल्ने भएको छ । इपिएस नेपाल शाखाका अनुसार कोरियाले आगामी सन् २०१९ का लागि नेपालबाट १० हजारभन्दा बढी कामदार लैजाने तयारी गरिरहेको छ ।

नेपाली कामदाको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै कोरियाले कोटा बढाएको हो । कामदार छनोट गर्न फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता परीक्षा गर्ने तयारी भइरहेको जनाइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com