प्रौढ कल्याणलाई सहयोग

काठमाडौँ, ११ पौष । प्रौढ कल्याण संघ नेपाल, देवीनगर बानेश्वरमा दिवा सेवामा आउनुहुने जेष्ठ नागरिकका दिवा खाजाको लागि महालक्ष्मी नगरपालिका ७, चाँगाथलीका सहृदयी राजकुमार केसीले ३१ हजार नगद सहयोग गर्नुभएको छ ।

वरिष्ठ पत्रकार एवम् स्काउट शिक्षक बलराम प्यासीको पहलमा केसीले सो रकम मंगलबार सस्थाकी अध्यक्ष प्रा. इश्वरी स्वारलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

२०४८ सालमा स्थापना भएको सो संस्थाले जेष्ठ नागरिकहरुको लागि निःशुल्क दिवा सेवा, भजन किर्तन, योग शिवीरको साथै अत्यावश्यक औषधि पनि उपलव्ध गराउँदै आएको छ ।

समाजसेवी भद्रकुमारी घलेले निःशुल्क उपलब्ध गराएको ३ आना जमीनमा २ तले घर बनाएर सो संस्थाले ६० जना जेष्ठ नागरिकहरुको निःशुल्क र निश्वार्थ सेवा गरिरहेको छ ।

गत साउनमा धोविखोलामा आएको बाढी संस्थाको भूँईतल्लामा छिर्दा भूँईतल्लामा रहेको सबै फर्निचर र अन्य सामानहरु नोक्सान भएको थियो भने आर्थिक अभावका कारण पछिल्लो समय संस्था बन्द हुने अवस्थामा पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com