नेपाल आइडल रवी ओडकी आमाको मृत्यु
काठमाडौँ, ११ पौष । दोस्रो नेपाल आइडल–२को विजेता रवी ओडकी आमाको करेन्ट लागेको मृत्यु भएको छ ।
करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षिया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्याउँदा ओडको मृत्यु भइसकेको थियो।
बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेको थियो।