‘राष्ट्रिय जलवायु सम्मेलन-२०७५’ हुने
काठमाडौं, ११ पौष । देशभरका जनप्रतिनिधिलाई जलवायु परिर्वतनका कारण र असरबारे जानकारी गराउनका लागी ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुने भएको छ ।
जिल्ला समन्वय समिति महासङ्घ सिन्धुपाल्चोकले आज पत्रकार सम्मेलन गरी ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ यही पुस १५, १६ र १७ गते हुने जानकारी दिइएको हो ।
यही पुस १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मेलनको उद्घाटन हुने जनाएको छ । साथै सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाको उपस्थिति हुनेछ ।
सम्मेलनमा जलवायु परिर्वतनका विषयमा भुवन विश्वविद्यालयको वातावरण विज्ञान शाखाका र सो क्षेत्रका विज्ञ ११ जनाले कार्यपत्र प्रस्तुत गर्ने भएका छन ।