मिर्गौलाको निःशुल्क डायलासिस सेवा सुरु

रामेछापको तामाकोसी सहकारी अस्पतालमा मिर्गौलाको निशुल्क डायलासिस सेवा सुरु भएको छ ।

आज बुधबारदेखि ५ वटा मेसिनमार्फत डायलासिस सेवा सञ्चालन गरिएको जनाएको छ । केन्द्रीय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा अस्पतालले मन्थली मिर्गौला उपचार केन्द्र स्थापना गरी सेवा आरम्भ गरेको हो ।

सो उपचार केन्द्रमा एक पटकमा ५ जना विरामीको डायलासिस हुन्छ । एकजना विरामीको उपचारमा ४ घण्टा लाग्ने भएकोले एक दिनमा १५ जना विरामीको उपचार हुने उनले बताए । यो सेवा विरामीहरुले निशुल्क पाउने छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com