लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन
काठमाडौं, १३ पौष । लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा उनको निधन भएको छ ।
भक्तपुरको चागुनारायण नगपालिकामा लामिछानेको शुक्रबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पछिल्लो समय निमोनिया भएपछि उनको उपचार चलिरहेको थियो । लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीत चर्चित रहेका छन् ।