भक्तपुरमा शनिवार एकै पटक १३ ठाउँबाट सफाई अभियान हुने

भक्तपुर, १३ पौष । सफा, सुन्दर, सुरक्षित तथा विकसित भक्तपुर बनाउने मुख्य उद्देश्यका साथ भक्तपुर जिल्लामा थालिएको सफाई अभियान शनिवार १३ ठाउँबाट एकै पटक हुने भएको छ ।

बिहिवार सूर्यविनायक नगरपालिकामा बसेको छलफलले सूर्यविनायक नगरपालिकाको राधेराधेदेखि साँगासम्म अरनिको राजमार्ग अन्तर्गत १३ वटा चोकबाट एकै पटक अभियान गर्ने भएको हो । अभियानका क्रममा सफाई गर्ने मात्र नभई सफाई, लागुऔषध दुव्र्यसनी, विभिन्न प्रकारका विकृति तथा विसंगतिका बारेमा अनुगमन समेत गर्ने भएको छ । अनुगमनका क्रममा कानुनभन्दा विपरित कुनै पनि प्रकारका कार्यहरु भेटिएमा तत्कालै कारवाही गर्ने भएको छ ।

हनुमन्ते नदी सफाई अभियानको ४४ हप्ता र अरनिको राजमार्ग सफाई अभियानको तेस्रो चरणको दोश्रो दिन शनिवार ७ः३० बजे देखि शुरु हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जानकारी दिनुभएको छ ।

सूर्यविनायक नगरपालिकाको सूर्यविनायक चोकमा अतिथिका रुपमा नेपाली कांग्रेसका नेता अष्टकुमार कवे हुने उहाँले जानकारी दिनुभएको छ । त्यस्तै उहाँले अभियानलाई व्यवस्थित तथा प्रभावकारी बनाउन सम्बन्धीत ठाउँका वडाध्यक्षको नेतृत्वमा सम्बन्धीत ठाउँका संघ संस्था, विद्यालय, समुह, होटल व्यवसायी, जनप्रतिनिधि, स्थानीयवासी, सरोकारवाला निकायका पदाधिकारी लगायत रहने सांसद बस्नेतले जानकारी गराउनुभएको छ ।

कार्यक्रममा राधेराधे चोकमा सूनपा वडा नं. ४ का वडाध्यक्ष उत्तम थापाको नेतृत्वमा अभियानकर्ता मधु खड्का, अमित उपाध्याय, गोविन्द आचार्य लगायतको सम्बन्धीत ठाउँका स्थानियवासीको उपस्थिती हुने भएको छ भने अनुगमनकर्ता मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र सशस्त्र प्रहरीका एसपी पुरुसोत्तम थापा रहनुहुने भएको छ ।

सिर्जनानगर चोकमा सूनपा वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्तको नेतृत्वमा अभियानकर्ता विजया बालकृष्ण न्यौपाने लगायतका स्थानीयवासीको सहभागिता रहनेभएको छ भने अनुगमनकर्तामा जिल्ला समन्वय समितीका सभापति नवराज गेलाल रहनुहुने भएको छ ।

सल्लाघारी चोकमा सूनपा ५ का वडाध्यक्ष राजकुमार जोशीको नेतृत्वमा अभियान्ता भगिरथा सिटौला, विज्ञान राई लगायत स्थानीयवासीको सहभागिता तथा अनुगमनकर्तामा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट रहनुहुने भएको छ ।

चुनदेवी चोकमा सूनाप वडा नं. ३ का वडाध्यक्ष सिवशरण खत्रीको नेतृत्वमा अभियान्ता मधु ढुंगेल, श्रीभक्त काक्षेत्रछुवा लगायतको स्थानीयवासीको सहभागिता तथा अनुगमनकर्तामा सूनपाका कार्यकारी प्रमुख धनश्यान न्यौपाने रहनुहुनेभएको छ ।

त्यस्तै घलाते चोकमा सूनपा वडा नं. ६ का वडाध्यक्ष रामेश्वर धोजुको नेतृत्वमा अभियान्ता पवलमान श्रेष्ठ, श्रीकुमार रन्जित लगातत स्थानीयवासीको सहभागिता तथा अनुगमनकर्तामा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर तथा मथिनपका कार्यकारी प्रमुख कमल ज्ञावली रहनुहुने भएको छ ।

सूर्यविनायक चोकमा सूनपा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाको नेतृत्वमा अभियान्ता मदन घिमिरे, जयराज पौडेल, रोमन सिलाकार तथा स्थानीयवासीको सहभागिताका साथमा अनुगमन सूनपाका प्रमुख बाशुदेब थापा रहनुहुनेभएको छ ।

आदर्शचोकमा संयोजक तारा बस्नेत, हरिशरण बस्नेत, अभियान्ता उमेश ढुंगेल, शुसिल मधिकर्मी लगायत स्थानीयवासीको साथमा अनुगमनकर्ता मथिनपा उपप्रमुख अञ्जनादेवी मधिकर्मी रहनुहुनेभएको छ ।

जगाती चोकमा सूनपा वडा नं. ८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा अभियान्ता रामेश्वर बोहोरा, शिब बाला लगायतका स्थानीयवासीका साथमा अनुगमनकर्ता कर्नेल शिवप्रसाद पौडेल रहनुहुनेभएको छ ।

भातेढिकुरो चोकमा संयोजक जिसस सदस्य श्रीराम बेन्जु, अभियान्ता जयन्ती महत लगायत स्थानीयवासी तथा अनुगमनकर्तामा अनुसन्धान डिएसपी मोहन कुँवर रहनुहुने भएको छ ।

बाँसघारी चोकमा संयोजक जिसस सदस्य गीता देउजा, अभियान्ता कपिल खड्का, राजेश खडेगी लगायतका स्थानीयवासी तथा अनुगमनकर्तामा रुद्र पौडेल रहनुहुनेभएको छ ।

नलिन चोकमा संयोजक सूनपा वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसी, अभियान्ता बाबुराम चौलागाई लगायत स्थानीयवासीको सहभागिताका साथमा अनुगमन एसपी हिमालय कुमार श्रेष्ठ रहनुहुने भएको छ ।

जोरपार्टी चोकमा संयोजक सूनपा १० का वडाध्यक्ष शिवराम राउत, अभियान्ता अशोक ठाकुर लगायतको स्थानीयवासीको साथमा अनुगमनकर्ता सूनपा उपप्रमुख जुनादेवी बस्नेत रहनुहुने भएको छ ।

पलासे चोकमा संयोजक विनय महत, अभियान्ता नहकुल राना मगरका साथमा स्थानीयवासीको सहभागितामा अनुगमनकर्ता प्रतिनिधिसभाका सांसद महेश बस्नेत रहनुहुने भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com