स्वदेशी उत्पादन तथा प्रबर्द्धनको विकास अपरिहार्य : उपप्रम पोखरेल

काठमाडौँ, १४ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वदेशमा उत्पादित कुनै पनि बस्तु तथा पदार्थलाई प्रबर्द्धन गर्दै विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौँको भृकुटी मण्डममा पौष १३ देखि शुरु भएको १५ औं औद्योसगक प्रदर्शनीका आज अवलोक तथा निरीक्षण गर्दै उपप्रधानमन्त्री पोखरेलले स्वदेशी उत्पादनले देशको धार्मिक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्रको विकास हुने बताउनुभयो । उहाँले यस्ता प्रकारका कुनै पनि वस्तु वा पदार्थ उत्पादनलाई बृद्धि गरेमा आर्थिक विकास हुने बताउनुभयो ।

उहाँले स्वदेशी उत्पादन तथा प्रवद्र्धनले आर्थिक बृद्धिदरमात्र बृद्धि नभई देशमा नै रोजगारीको वातावरण सिर्जना हुने समेत बताउनुभयो । नेपाल कला र संस्कृतिको इतिहासकालदेखि नै धनी रहेको बताउँदै नेपालले विश्वसामु आफ्नो पहिचान विश्वसामु चिर परिचित गराउन सफल भएको दावि समेत गर्नुभयो ।

उहाँले स्वेदमा नै उत्पादिन सामग्रीको प्रदर्शनीले नेपाली जनतालाई आत्मनिर्भर बनाउने कार्यमा मुख्य भूमिका निर्वाह गरेको बताउँदै समुन्नत राष्ट्र निर्माण गर्न विशेष महत्व राख्ने बताउनुभयो । उहाँले स्वदेशमा उत्पादीत सामग्रीको माध्यमले देशलाई विकसित बनाउन सकिने दावि गर्नुभयो ।

रक्षामन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले स्वदेशमा उत्पादीत सामग्रीहरुले समृद्ध नेपाल सुखी नेपाली बनाउन महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com