नबौ रास्ट्रीय गेरोगी रेफ्री सेमीनार संपन्न

काठमाडौं, १५ पौष । पौष ११ देखी १४ गते सम्म सञ्चालन भएको नबौ रास्ट्रीय गेरोगी रेफ्री सेमीनार साथै १०औ गेरोगी रिफ्रेसर कोर्स, दोस्रो रास्ट्रीय पुम्से रेफ्री सेमिनार, दोस्रो पुम्से रिफ्रेसर कोर्स गेरोगी र पुम्से सेमिनार संपन्न भएको छ ।

उक्त समापन समारोहका प्रमुख अतिथि नेपाली सेनाका सहायक रथी तथा राष्ट्रपति ज्यू को प्रमुख सुरक्षा अधिकारी आदरणीय मिन ध्वज खड्का ज्यू को उपस्थितिमा समापन भएको थियो ।

उक्त अबसरमा बोल्दै सहायक रथी खड्काले भन्नुभयो, ‘मुलुकमा हिजो को दिनमा पनि र अब आउंदो दिनमा पनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक ल्याउने तेक्वान्दो खेल नै भएको र यसको बिकाशमा सबैपक्ष गम्भीर भएर लाग्नुपर्ने भन्दै खेल र खेलाडीहरु देशको हुने बताउनु भयो ।’

कार्यक्रमको सभापति तथा नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष केशब पुरीले नेपाल तेक्वान्दो संघलाई स्वतन्त्र रुपले काम गर्न दिने हो भने र राजनैतिक हस्तक्षेप नहुने हो भने यो खेलले संसारकै खेलाडी संग खेल्ने र पदक प्राप्त गर्ने सक्षम तयार गर्न सक्ने बताउनुभयो ।

सो अबसरमा पूर्व उद्योग वाणिज्य संघका अध्यक्ष ललितपुरको अजरमान जोसी, समाजसेवी अनिल गुरुङ, समाजसेवी धिरज कुमार श्रेष्ठ, नेपाल तेक्वान्दो संघ केन्द्रीय समितिको सदस्यहरु प्रदेश नं ३ का माहा सचिव राजेश प्रजापति प्रशिक्षण कार्यक्रममा अहोरात्र खटिने क्वान गुरू, कबिराज खड्गी, नबिन श्रेष्ठ समेत उपस्थिति रहेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com