पूर्व मन्त्री शर्माको निधन

काठमाडौं, १६ पौष  । पूर्ववन तथा भूसंरक्षण राज्य मन्त्री कमलादेवी शर्माको ५६ वर्षको उमेंरमा निधन भएको छ ।

शर्माको सोमबार ललितपुरस्थित मेडसिटी अस्पतालमा ह्रदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । शर्मा २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन राप्रपा नेपालबाट समानुपातिक प्रणालीतर्फबाट सभासद बनेकी थिइन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com