‘गोपी’को ‘तेरो आफ्नो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, १६ पौष । दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘गोपी’को ‘तेरो आफ्नो’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा शिव परियारको स्वर, विप्लव प्रतिकको शब्द र कल्याण सिंहको संगीत रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्कीलाई गाइ फार्ममा परिश्रमिक गरिरहेको देखाइएको छ ।

माघ १८ गतेबाट रिलिज हुन लागेको फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली, हिउँबाला गौतमलगायतका कलाकारको मुख्य भूमिका छ ।

 सामीप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=YxbLaEVfIOI

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com