विपद् जोखिम न्युनिकरण राष्ट्रिय कार्यमञ्च : तीनै तहमा सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौँ, १७ पौष । विपद् जोखिम न्युनिकरण राष्ट्रिय कार्यमञ्चको बैठकले नेपालको संविधानत संघ, प्रदेश तथा स्थानीय तहमा नै आफ्नो कार्यक्षेत्र विस्तार गर्दै जाुनपर्नेमा जोड दिएको छ ।

गृह सचिव श्री प्रेम कुमार राईको अध्यक्षतामा काठमान्डौमा सोमवार सम्पन्न उक्त बैठकमा मञ्चको सचिवालयको जीम्मेवारि बहन गर्दै आइरहेको DPNet-Nepal का अध्यक्ष श्री सूर्य बहादुर थापाले सहभागिहरुलाई स्वागत गर्दै कार्यमञ्चको बारेमा संक्षिप्त जानकारि दिनुभयो । साथै उहाँले कार्यमञ्चको सचिवालयलाई साथ दिनुभएकोमा गृह मन्त्रालय र निरन्तर सहयोगका लागि (AINTGDM) लाई धन्यवाद दिनुभयो । मन्तव्यकै क्रममा उहाँले सबै सरोकारवालाहरुलाई सचिवालयलाई सहयोग गर्नकालागि आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा चारवटा बिषयमा प्रस्तुति गरिएको थियो । DPNet-Nepal का सल्लाहकार एवं ADPC का Country Representative श्री मानबहादुर थापाले विपद् जोखिम न्युनिकरण राष्ट्रिय कार्यमञ्चको परिचय, उद्देश्य, सिदान्त, मुख्य कार्यहरु र उपलब्धिका बारेमा प्रस्तुती गर्नुभएको थियो ।

AINTGDM का सहसंयोजक श्री कृष्णा कार्कीले विपद् जोखीम न्यूनिकरण तथा ब्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति तथा रणनितीक कार्ययोजनाको स्थानीयकरणमा अन्तराष्ट्रिय संस्थाहरुको योगदान सम्बन्धिमा प्रस्तुती दिनुभएको थियो ।

त्यसैगरि DPNet-Nepal का महासचिव श्री राजु थापाले कार्यमञ्चको कामकारबाही र भावी योजना सम्बन्धमा प्रस्तुती दिनुभएको थियो ।

गृह मन्त्रालयका शाखा अधिकृत श्री सुसिल भण्डारीले विपद् जोखीम न्यूनिकरण तथा ब्यवस्थापनका क्षेत्रमा श्रोत नक्सांकन सम्बन्धि प्रस्तुती गर्नुभएको थियो ।

प्रस्तुती पश्चात खुला छलफलमा सहभागिहरुले सचिवालयलाई सबैको सहयोग आवश्यक रहेको साथै कार्यमञ्चलाइ प्रदेश र स्थानिय तहमा पनि लानुपर्नेकुरा ब्यक्त गर्नुभयो । साथै स्थानिय तहको नीति नियम बनाउने क्रममा उक्त तहको अपनत्व रहने गरि सहयोग गर्नुपर्ने र विपद् जोखिम न्युनिकरणको क्षेत्रमा गरिएका काम, सोको तथ्यांक तथा अध्यायन अनुसन्धानको अभिलेख राखि सरोकारवालाहरुलाई जानकारी गराउदा एकै ठाँउमा हुनसक्ने दोहोरोपनामा कमि आउने कुरा छलफल गरिएको थियो ।

गृह मन्त्रालय, बिपद् तथा द्वन्द व्यवस्थापन महाशाखा प्रमुख श्री ईन्दु घिमिरेले प्रस्तुतकर्ता तथा सहभागिहरुलाई धन्यवाद दिदै हामीले गरेका कार्यहरुमा हरेक तहमा सामन्जस्यता हुनपर्ने कुरा व्यक्त गर्नुभयो । साथै उहाँले सन् २०२१ को जनगणनामै विपद् सम्बन्धि तथ्यांक आवोस भनेर प्रश्नावलि तयार गरिरहेको कुरा जानकारी गराउनु भयो ।

कार्यमञ्चका अध्यक्ष, गृह सचिव श्री प्रेम कुमार राईले मञ्चको सचिवालय डीपीनेट–नेपालका लागि नियमित बजेट व्यवस्थपन गर्न कोषको स्थापनाको अवधारणा, प्रत्येक वर्ष विपद् जोखिम न्युनिकरणकालागि मन्त्री स्तरिय एसियन सम्मेलन भए जस्तै नेपालमा सम्मेलन आयोजना र कार्यमञ्चको कार्य्विधि पुनरनवलोकन गरि प्रदेशमा समेत मञ्चलाई कृयाशील बनाउने र राष्ट्रिय योजना आयोगले तयार पारेको १५औ आधारपत्रमा विपद् जोखिम न्युनिकरण सम्बन्धि सुझाव दिनुपर्ने कुरा व्यक्त गरि कार्यक्रको समापन गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com