विष्फोटमा परी ४ को मृत्यु, ४० सम्पर्कविहीन

एजेन्सी, १७ पौष । रुसको माग्नितोगोर्स्कको एक भवनमा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

अधिकारीका अनुसार ४८ तले भवनमा मानिसहरुले नयाँ वर्ष मनाइरहेको बेला विष्फोट भएको र ४० जना सम्पर्कविहीन भएको जनाएको छ ।

भवनको भग्नावशेषबाट ५० जनालाई उद्धार गरिएकोमा सात जना बालबालिका रहेका छन् भने घाइतेहरुलाई अस्पताल पठाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गरी उद्धार र राहत कार्यमा हरप्रकारले सहयोग गर्ने बताएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com