युरो किड्सको ‘विन्टर क्याम्प’ मा वालवालिका
भक्तपुर, २० पौष । अन्तर्राष्ट्रिय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशलबाट गत महिना ‘उदाउँदो केन्द्र’ को रुपमा पुरस्कृत भक्तपुर युरो किड्समा यतिखेर त्यहाँका विद्यार्थीका साथै अन्य केही विद्यालयका वालवालिकाहरु विभिन्न कृयाकलापमा रमाइरहेका छन् ।
जाडो विदाको सदुपयोग गर्दै भक्तपुर युरो किड्सले आयोजना गरेको ‘दुईहप्ते विन्टर क्याम्प’ अर्थात हिँउदे शिवीरमा २ देखि ८ वर्ष उमेरका वालवालिकाहरु आफुमा रहेका प्रतिभा देखाउन र नभएका प्रतिभा सिक्नको लागि आतुर देखिन्छन ।
दुईहप्ता लामो विन्टर क्याम्पमा साना नानीहलाई चित्रकला, लेखनकला, बोल्नेकला, संगीतकला, पाककला, नृत्यकला, योगा, लगायत एकदर्जन भन्दा बढी विभिन्न कला सिकाईराखेको भक्तपुर युरो किड्सका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताउनुभयो ।
प्रवन्ध निर्देशक काफ्लेका अनुसार ती कार्यक्रमका अतिरिक्त साना विद्यार्थीलाई परम्परागत वनभोज कार्यक्रम आयोजना गर्नुको साथै भक्तपुरको घलाँतेमा रहेको घरपालुवा जनावर केन्द्र (जनावरको पञ्जा अर्थात एनिमल पज) मा समेत घुमाउन लगिएको थियो । त्यहाँ उनीहरुले विभिन्न थरीका घरपालुवा जनावरहरु कुकुर, खरायो लगायतका बारेमा जानकारी लिनुको साथै मनोरञ्जन समेत गरेका थिए ।
विन्टर क्याम्पको नेतृत्व प्रिन्सिपल ज्योति क्षेत्री आफैंले गर्नुभएको छ भने अन्य विषयका शिक्षकहरु पनि संलग्न छन ।