महाप्रबन्धक कंसाकारलाई कालोमोसो
काठमाडौँ, २० पौष । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उहाँकै कार्यकक्षमा कालोमोसो दलिएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी युवा संगठन, क्रान्तिकारी युवा लिगका कार्यकर्ताले वाइडबडी खरिद प्रकरणको विषयलाई लिएर कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।
वाइडबडी विमान खरिदमा भएको भनिएको ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचारमा कंसाकार मुख्य भूमिकामा रहेको भन्दै युवा लिगले कालोमोसो दलेको हो ।