अर्थ मन्त्रालयले बनायाे नयाँ कार्ययोजना

काठमाडौं, २१ पौष । संघीय अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहलाई नियन्त्रण गर्न कर सम्बन्धी कार्ययोजना तयार पारेको छ ।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा कार्ययोजना बनाइएको हो ।

प्रदेश र स्थानीय तहले प्रदुषण शुल्क लगाउने गरेको पाइएकोले तत्काल खारेज गर्न प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिने कार्ययोजनामा उल्लेख रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com