फ्रान्सका विदेश सचिव मोरि नेपाल आउँदै

काठमाडौं, २२ पौष । फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपाल भ्रमणमा आउने भएका छन ।

नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा  पुस २५ गते नेपाल आउने भएका छन् ।

परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उनका फ्रान्सेली समकक्षीबाट हुन लागेको भ्रमणका क्रममा दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श संयन्त्रको बैठक हुने भएको छ ।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने र वर्षभरि दुवै देशले आयोजना गर्ने विविध कार्यक्रमबारे पनि आफूहरूबीच छलफल हुने  बताएका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com