अर्को क्षेत्रमा गई विकास विरोधि गतिविधि गर्दै सांसद सुवाल

काठमाडौँ, २२ पौष । विकासको गतिले तिव्रता लिइरहेको भक्तपुरमा विकास विरोधी गतिविधि पनि उत्तीकै रहेका छन् ।

विकास र समृद्धिको बाटालाई अंगाल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद महेश बस्नेत अहोरात्र समाजिक कार्य तथा भक्तपुरको समग्र विकासलाई आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य, यातायात, सडक, ढल, पुल, विभिन्न भौतिक संरचना निर्माण, हनुमन्ते नदी तथा मनोहरा करिडोर, अन्तर्राष्ट्रिय रंगशाला, प्राणी उद्यान केन्द्र, आधुनिक विर अस्पताल, आधुनिक सभागृह, कर्वोर्ड हल, अरनिको राजमार्गको चौडाई बृद्धि, सुरुङ मार्ग लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुलाई सफलतापूर्वक सम्पन्न गराउन लाग्नुभएको छ । उहाँकै नेतृत्वमा हाल उक्त आयोजनाको कामहरु समेत द्रुत गतिमा अघि बढिरहेको छ ।

नेपालमा संघियताको कार्यान्वयनसँगै सांसद बस्नेतले प्रदेश नं. ३ को राजधानी भक्तपुर बनाउनुपर्ने जोडदार आवाज बुलन्द गर्दै आउनुभएको छ । सांसद बस्नेतले भौगोलिक, भौतिक स्रोत साधन, विकास तथा यावत कुराहरुले भक्तपुर नै प्रदेश नं. ३ को राजधानीको अर्को कुनै विकल्प नभएको बताउनुहुन्छ ।

उता नेपाल मजदुर किसान पार्टीका नेता तथा भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद प्रेम सुवाल भने भक्तपुरको विकासलाई आफ्नो क्षेत्रमा मात्र नभई अर्को क्षेत्रमा समेत गई विकासमा भाँजो हाल्ने कार्यमा उद्धत रहनुभएको देखिएको छ । उहाँले खुलेरै सडक तथा सदनमा समेत आवाज उठाउनुभएको कार्यहरु हुन, प्रदेशको राजधानी भक्तपुरमा राख्नु हुँदैन, भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला, कर्वोर्ड हल, सभागृह, अरनिको राजमार्गको चौडाई बृद्धि लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु भक्तपुमा आवश्यक छैन र बनाउनु हुँदैन ।

सदन तथा सडकमा मात्र नभई सांसद सुवालले पछिल्लो समय आफ्नो क्षेत्रभन्दा बाहिर रहेको क्षेत्र नं. २ मा समेत रंगशालाको विरोधका कार्यक्रमहरु गर्दै हिडिरहनुभएको छ । एक तर्फ सांसद बस्नेत कुनै पनि हालतमा राष्ट्रिय गौरवका आयोजना तथा अन्य आयोजना सफल बनाएरै छोड्ने दृढताका साथ लागि परिरहनुभएको छ भने अर्का सांसद सुवाल त्यसलाई असफल बनाउने कार्यमा उद्धत रहनुभएको देखिएको छ ।

यसै सवालमा हामीले भक्तपुरको विकासलाई शुष्म रुपले अध्ययन गर्न भक्तपुर क्षेत्र नं. १ का २० जना स्थानीयवासी तथा क्षेत्र नं. २ का २० जना स्थानीयवासीसँग प्रत्यक्ष रुपमा राष्ट्रिय गौरवका आयोजना तथा समग्र भक्तपुर विकासको सवालमा जनताको अभिमत ल्याउने प्रयास गर्दा क्षेत्र नंं. १ बाट १९ जनाले समग्र भक्तपुर विकास तथा सांसद बस्नेतको योजनालाई कुनै पनि हालतमा सफल बनाउनुपर्नेमा जोड दिएका छन् भने एक जनाले भने रंगशालाको विरोध गरेका छन् । त्यस्तै क्षेत्र नं. २ बाट भने २० जनामा २० जनाले नै सांसद बस्नेतको योजना सफल बनाउन साथ र सहयोग गर्दै अघि बढ्नु नै अहिलेको अपरिहार्यता भएको बताए । यसरी हेर्ने हो भने भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाउन करिव ९९ प्रतिशत जनताको समर्थन रहेको छ ।

अन्तर्राष्ट्रिय रंगशालाकै सवालमा युवा तथा खेलकुद मन्त्रालयले भने भक्तपुरमा बनाउने भनि नीतिगत रुपमा लिखित रुपमा नै सहमति गरी आवश्यक प्रकृया समेत अघि बढाइसकेको छ ।

त्यस्तै क्षेत्र नं. १ का सांसद सुवालले इट्टा भट्टाहरुको संरक्षण गर्दै ठूलै आर्थिक चलखेलमा विकास विरोधि गतिविधि गरिरहेको समेत स्थानीयवासीले आरोप लगाए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com