जब शिक्षक ओमनाथ ‘जीउँदै मरेर…..’

ज्युँदै मरेर पनि………… हाँसेर जिउँनु पर्ने

जिउनलाई कहिलेकाँही त विष पनि पिउँनु पर्ने

काठमाडौं, २४ पौष । ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर, तिनकुने लगायत विभिन्न स्थापित विद्यालयका सामाजिक विज्ञान विषयका शिक्षक ओमनाथ कडरियाको नयाँ आधुनिक गीत ज्युँदै मरेर पनि….ले यतीखेर विभिन्न परिस्थतिसिंग झेलिएर बाँचिरहेका हजारौं श्रोताहरुको मन जित्न थालेको छ । उनी भन्छन—‘समाजमा बाँचेका सबैको कथा प्रायःउस्तै छ, मात्र प्रसंग फरक होला , मैले त्यसैलाई समेटने प्रयास गरेको हुँ ।’

गीतकार कडरीयाको यो आधुनिक गीतको दृष्य विनाको ‘शाब्दिक भिडियो’ यसैहप्ता सार्वजनिक भएको हो । गायक स्वरुपराज आचार्यको स्वरमा गीतको अडियो केही समयअघि नै सार्वजनिक भएतापनि ’शाब्दिक भिडियो’ भने भर्खरै युट्यूब मार्फत सार्वजनिक भएको हो ।

वरिष्ठ संगीतकार तथा संगीत संयोजक शिलाबहादुर मोक्तानले संगीत संयोजन गरेको सो गीतमा रमेश कडरीयाले संगीत भरेका छन । डेढ दर्जन बढी गीतहरु बजारमा ल्याईसकेका गीतकार शिक्षक ओमनाथ आफ्नो गीतीयात्राका पथप्रर्दशक भने बद्रीप्रसाद सुवेदी भएको बताउँछन ।

ओमनाथका गीतहरुमा पनि प्रायःजसो रमेश कडरियाले संगीत भरेका छन । उनका यसअघिका गीतहरुमा रामकृष्ण ढकालको स्वरमा ‘मान्छेहरु हल्ला गर्छन’, अन्जु पन्तको आवाजमा ‘तिम्रो आँखामा आँसु’, मेलिना राईको आवाजमा ‘सबै थोक छ जीन्दगीमा’, प्रविशा अधिकारीको स्वरमा ‘जीवन बर्खे पहिरो भयो ’, सिमान्त सन्तोषको आवाजमा ‘रहन्छ जहिलेसम्म’, सिमान्त र सारिका घिमिरेको स्वरमा रहेको ‘कसम कसम’ र तिलक कट्टेलको आवाजमा ‘तिमी रहेमात्र’ बोलको गीत श्रोतासामु पस्किसकेका छन् ।

वियोगान्त गीत लेख्न न पराउने गीत्कार ओमनाथका अरु गीतहरुमा हस्त परियारको स्वर तथा संगीतमा ‘बाँचु भने कोही छैन’, सिमान्त सन्तोषको स्वर तथा संगीतमा ‘छुटाई गयौ किन कुन्नी’, राजकुमार बगरको संगीत र सिमान्तको स्वरमा रहेका गीतहरु बजारमा आइसकेका छन् भने मोहन मगरको संगीत रहेको ‘हामी साना कोपिला हौँ’ बोलको वालगीत र ‘ओठभरी मुस्कान देखेँ’ लगायत एक दर्जनभन्दा बढी गीत निकट भविष्यमै श्रोतासामु आउने तयारीमा रहेको छ ।

शिक्षण पेशा र गीत लेखन यात्रालाई संगसंगै लगिरहेका ओमनाथका थुप्रै कविताहरु प्नि विभिन्न पत्रपत्रिकामा छापिइरहेका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com