अरुको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ

वीरगञ्ज, २५ पौष । अरुको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा दिने एक जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ७ निर्मलबस्ती बस्ने प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनारले विवेक विश्वकर्माको सट्टामा मोटरसाइकलको लाइसेन्सका लागि ट्रायाल परीक्षा दिँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । साथै आफ्नो सट्टामा अरुलाई ट्रायल परीक्षा दिन लगाउने विवेक विश्वकर्मालाई समेत प्रहरीलेले पक्राउ गरेको छ ।

पक्राउ पर्ने दुवै जनालाई अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने प्रहरीलेले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com