लागुऔषध ओसारपसारको गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, २५ पौष । सङ्घीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारको गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, सीमा अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका सबै अधिकृत र जवानलाई परिचालित गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिकी सभापति शशी श्रेष्ठले सशस्त्र सशस्त्र प्रहरी बललाई राज्यले प्रदान गरेको भूमिका प्रभावकारी रुपले निर्वाह गर्ने कार्यमा गृह मन्त्रालयले नीतिगत नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत निर्देशन दिएको छ ।

उक्त समितिको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीभित्र देखिएको वृत्ति विकासको सवाल, नियमावली संशोधन, बढुवा र सशस्त्र प्रहरीभित्रको अनुशासनलाई सुधार गरेर लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com