अन्तरिक हवाइ सेवाको भाडा घट्यो (नयाँ भाडादर सहित)
काठमाडौँ, २८ पौष । नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको मूल्य घटाएसँगै हवाइ सेवाको भाडा दर पनि घटाको छ ।
आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क)मा कम्तीमा ९० रुपैयाँसम्म घटाएइको छ । दुरीको हिसाबमा९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको छ ।
नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो।
आइतबारदेखि लागु हुने नयाँ भाडादर :
काठमाडौं-सिमरा ३१२० रुपैयाँ
काठमाडौं-भरतपुर ३६५० रुपैयाँ
काठमाडौं-तुम्लिङटार ६००० रुपैयाँ
काठमाडौं-धनगढी १२६५० रुपैयाँ
माउन्टेन फ्लाइटमा ११३०० रुपैयाँ
काठमाडौं- पोखरा ५०५० रुपैयाँ
काठमाडौं- जनकपुर ४३०० रुपैयाँ
काठमाडौं-बिराटनगर ५७५० रुपैयाँ
काठमाडौं- भद्रपुर ९१०० रुपैयाँ
काठमाडौं- भैरहवा ६२०० रुपैयाँ