एसियन कप फुटबल : इरान र इराक प्रिक्वार्टरफाइनलमा
काठमाण्डौ, २९ पौष । यूएईमा जारी एसियन कप फुटबलमा इरान र इराक प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको दोस्रो खेलमा इराकले यमनमाथि ३–० को जित निकाल्न सफल भयो । इराकको जितमा सुरुदेखि नै यमनमाथि हावी देखिएको इराकले ११ औं मिनेटमा अग्रता बनाएको थियो ।
दुवै टिमले लगातार २ खेलमा जित निकाल्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । इराकका लागि मुहानन्द अलीले पहिलो गोल गरेका हुन् । १९ औं मिनेटमा बसार रसानले १९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
यस्तै शनिबार नै भएको पहिलो खेलमा इरानले भियतनामलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।