फुल्चोकी जंगलमा हराएका १६ जनाको उद्दार

काठमाडौं, २९ पौष । ललितपुरको गोदावरी–३, फुल्चोकीको जंगलमा हराएका १६ जना युवालाई प्रहरीले उद्दार गरेको छ ।

शनिबार उनीहरुले हराएको भन्दै प्रहरी कन्ट्रोल १०० मा खबर  रेपछि उद्दार गरिएको हो । प्रहरीले १२ जना किशोर र चारजना किशोरीलाई गोदावरी बसपार्कबाट १० किलोमिटर पूर्व फुल्चोकी जंगलको बीच खोंचबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।

किशोर–किशोरीलाई प्रहरीले गए राति १२ः३० बजे अभिभावकलाई जिम्मा लगाएको छ । प्रहरीले धनुषा घर भएका ब्रिजमोहन साह, धनुषाकै सुवास साह, अभिषेक यादव, ऋषिकुमार साह, श्रीराम साह, करण साह, सुवास साहलाई उद्दार गरेको हो ।

त्यस्तै स्याङ्जाकी सपना गुरुङ, तनहुँकी श्रीजना भट्टराई, काठमाडौंका अविनभसिंह ठाकुरी, सिन्धुपाल्चोकका रोशन राना, दोलखाका रमेश पौडेल, मोरङका संजोग घिमिरे, काठमाडौंकी अप्सरा खत्री, नुवाकोटकी श्रेया थपलिया र धनुषाका सन्तोषकुमार साहलाई पनि प्रहरीले उद्दार गरेको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com