आज २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस : सचेतनमूलक विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौँ, २ माघ । नेपालमा गएको पटक पटकको महाभुकम्पका कारण हाजारौँ मानिसले ज्यान गुमाउनु पेरको छ भने अरवौं रकम बराबरको आर्थिक क्षती भएको छ । जसमा आज २१ औंँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरी मनाइरहेको छ ।

१९९० माघ २ गतेको महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै बुधबार २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । तर दिवस मनाइरहँदा पनि भूकम्पीय जोखिम न्यूनिकरणका कार्यक्रम प्रभावकारी हुन सकेको छैन । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै नौ हजार भन्दा धेरैको ज्यान गएको थियो ।

भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान पुरातात्विक सम्पदा भत्किएको थियो । भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत पुननिर्माणको काम प्रभावकारी हुन सकेको छैन । नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको छ । नेपालमा हरेक ८० देखि १ सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केलको भूकम्प जाने गरेको पाइन्छ ।

पछिल्लोपटक २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको एकतिहाई क्षेत्रफललाई प्रभावित बनाएको यो भूकम्पमा परि झण्डै नौ हजार मानिसले जीवन गुमाए भने आठ लाखभन्दा बढी घर पूर्णरूपमा क्षति भए । त्यतिबेला क्षति भएका घरमध्ये अहिलेसम्म ३ लाख ४८ हजार ९ सय ९० घरको पुननिर्माण सम्पन्न भएको छ । विगतमा भूकम्पबाट हुने जनधनको क्षति न्यूनीकरणमा धेरै ध्यान दिएको पाइँदैन । तर अहिले सरकार र सर्वसाधारण नागरिक पनि निकै सचेत भएको पाइन्छ ।

१९९० सालमा नेपाल, भारत र तिब्बतलाई असर पार्ने गरी गएको आठ रेक्टर स्केलको भूकम्पमा नेपालमा मात्रै आठ हजारको ज्यान गएको थियो ।

त्यसपछि पनि २०२२, २०३६ र २०४५ मा करिब छ रेक्टर स्केलका भूकम्प गएको थियो। २०६७ असोजमा सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले नेपालको पूर्वी भागमा केही क्षति गर्‍यो।

यो पटक भूकम्प सुरक्षासम्बन्धी कार्यक्रममा स्थानीय तहलाई जिम्मेवार बनाउने उद्देश्यले मनाइँदैछ। भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वको ११औँ स्थानमा छ। नेपालमा हरेक ८० देखि १०० वर्षको अन्तरालमा छदेखि आठ रेक्टर स्केलको भूकम्प जाने गरेको इतिहास छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com