प्रधानमन्त्री ओलीद्वारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन् ।

आज कीर्तिपुर नगरपालिकाको चोभारस्थित साबिकको हिमाल सिमेन्ट कारखाना परिसरमा बन्न लागेको बन्दरगाहको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

चोभारस्थित ११।७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने बताए ।

प्रधानमन्त्री ओलीले देश तीव्र विकासको गतिमा अघि बढ्ने बताउँदै उनले भने, ‘संविधान थियो कानुन थिएन । त्यसले गर्दा एकबर्ष हामीले कानुन बनाउने काममा बितायौं । हामीले अब काम गर्ने वातावरण बनाएका छौं । अब देश तिव्र गतिमा अघि बढ्छ’ । 

बन्दरगाहको शिलनयासको विरोधमा स्थानीयले प्रदर्शन गरेपछि उनीहरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com