उच्च अदालतका मुख्य न्यायाधीश भुर्तेल कारबाहीमा
काठमाडौं, ७ माघ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल कारबाहीमा परेका छन् ।
सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशलाई लिएर न्याय परिषद्ले भुर्तेललाई कारबाही गरि सचिवालयमा तान्ने निर्णय गरेको हो ।
साढे ३८ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालतले उनीहरु मध्ये अधिकांशलाई धरौटीमा छाडेको छ ।
यस्तै उच्च अदालत पाटनका न्यायाधीश विश्वमंगल आत्रेयबारे छानविन गर्न अर्का न्यायाधीश आनन्दमोहन भट्टराईलाई तोकिएको परिषद् स्रोतले जनाएको छ ।
न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्व न्यायाधीश तपबहादुर मगरलाई नियुक्त गरिएको छ । यस्तै सर्वोच्चका मुख्य रजिष्टार राजन भट्टराईलाई उच्च अदालत पाटनको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ ।
यसअघि न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्याय परिषद्को सचिवालयलाई तानिएको थियो ।