बुढानिलकण्ठमा ७औं स्काउट एडभेन्चर ट्रेल

काठमाडौं, ८ माघ । ज्याम्बोरी, ज्याम्बोरट र क्याम्पोरीमा सहभागी हुन नपाएका स्काउट तथा ननस्काउट विद्यार्थी भाईवैनीलाई लक्षित गरि चारुमति मित्र ओपन स्काउट ट्रुप/क्र्युले भव्य स्काउट एडभेन्चर ट्रेल आयोजना गर्दैछ ।

चारुमति मित्र ओपन स्काउट ट्रुप÷क्र्युको आयोजनामा यही माघ १८ देखि २० गतेसम्म बुढानिलकण्ठको पञ्चकन्या सामुदायिक वन (रुद्रेश्वर जंगल) मा ३ दिने ७ औं स्काउट एडभेन्चर ट्रेल आयोजना हुन लागेको हो ।

बुढानिकलण्ठ मोडेल कम्युनिटी एकेडेमी अन्तर्गतको बुढानिलकण्ठ मोडेल स्काउट ट्रुपको सहयोगमा सो स्काउट ट्रेल आयोजना गर्न लागेको चारुमति मित्र ओपन स्काउट ट्रुप÷क्र्युका अध्यक्ष दिपेश केसीले बताए । एडभेन्चर ट्रेल सञ्चालनको लागि एकेडेमी सञ्चालक समितिकी अध्यक्ष तथा स्थानीय वरिष्ठ समाजसेवी लक्ष्मीदेवी तामांगले आवश्यक सहयोग गरेकी छिन ।

ब्वाइज क्याम्प चिफ अध्यक्ष केसी तथा गल्र्स क्याम्प चिफ रेञ्जर लिडर सविना श्रेष्ठ रहेको सो ३ तिने स्काउट एड्भेन्चर ट्रेलमा स्काउटका साहसिक, मनोरञ्जनात्मक तथा ज्ञानवद्र्धक गरि सुपरमेन जम्प, टायर ब्रिज, ओमेगा जम्प, प्याराजम्प, रिभर क्रसिंग, म्याजिक साइकल, कमाण्डौ ब्रिजसहित २५ थरीका क्रियाकलाप समावेश छन ।

स्काउट एडभेन्चर ट्रेलमा काठमाडौं उपत्यका र बाहिर जिल्लाबाट गरि ४ हजार स्काउट र अन्य विद्यार्थी सहभागी हुने अध्यक्ष केसीले अनुमाज गरेका छन । २५ थरी स्काउट क्रियाकलापको व्यवस्थापनको लागि उपत्यका र बाहिरबाट गरि २ सयभन्दा बढी युवा स्काउटहरु (रोभर रेन्जर) खटाइएको कार्यक्रमका संयोजक स्काउटर युवराज वर्देवाले जनाएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com