आजको मौसम

काठमाण्डौ, १० माघ । आज बिहीबार काठमाण्डौ उपत्यकामा बाक्लो हुस्सु लागेको छ ।

बाक्लो हुस्सुका कारण अहिले काठमाण्डौको भिजिविलिटी एक सय मिटरमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पुर्वानुमान महाशाखाका अनुसार अहिले लागेको हुस्सु दिउँसो हट्ने र हटेपछि काठमाण्डौमा घाम लाग्ने जनाएको छ । कम भिजिविलिटि भएकाले सडकमा गाडी चलाउँदा वा हिँड्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

बिहान ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको दिउँसोको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com