डा. केसीको अनसनमा लुकेको रहस्य : नेपाल चिकित्सक संघको भेलामा लफडा

काठमाडौँ, ११ माघ । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाको निम्ती आगामी रणनीति बनाउन भएको छलफलमा केसीको अनसनमा धेरै नकरात्मक कुराहरु लुकेको भन्दै छलफलमा नै लफडा भएको छ ।

केसीको अनसनको भित्रि रहस्य हामीलाई थाहा भयो त्यसको जवाफ चाहिन्छ भन्दै अध्यक्ष सहित संघका पदाधिकारीलाई सहभागीहरुले जवाफ मागेपछि त्यहाँ झण्डै हात हालाहालको स्थिती बनेको थियो ।

एउटा चिकित्सकले दुई तिहाई मत भएको सरकार ढाल्न विपक्षीको गोटी बनेर अनसन बसेको भन्ने तथ्य बाहिर आइरहेका छन् । यसको वास्तविकता के हो रु नेतृत्वले दिनुपर्छ भन्दै सहभागीले रोस्टमतिर औला ठड्याएका थिए ।

त्यहाँ दुई पक्षबीच घम्साघम्सी भएको थियो । भेलामा सहभागी रहेका केही व्यक्तिले भने, ‘यति भित्रि केही रणनीति भोली खुल्यो भने तपाईहरुलाई छोड्ने छैनौँ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com