पराजुलीको अध्यक्षतामा पातञ्जल योग समितिको काभ्रे जिल्ला शाखा विस्तार
काभ्रे, ११ माघ । पातञ्जल योग समिति नेपालले मन्दिरा पराजुलीको अध्यक्षतामा ९ सदस्यीय पातञ्जल योग समिति काभ्रे जिल्ला शाखा विस्तार गरेको छ ।
अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष एवं सदस्यहरुमा क्रमशः केशव लुईटेल, लक्ष्मी अधिकारी, ईश्वरी श्रेष्ठ, प्रेम श्रेष्ठ, अमृता ठकुरी, राममणि काफ्ले, लक्ष्मी तिमल्सिना, मुना सुवेदी रहेका छन् ।
शान्ति र समृद्धिको लागि योग भन्ने यस वर्षको मूल नारालाई उदघोष गर्दै विभिन्न आर्कषक साँस्कृतिक प्रस्तुतिहरुका साथ राष्ट्रिय योग दिवस–२०७५ को कार्यक्रमलाई समेत जोडेर काभ्रे जिल्लाको विभिन्न भेग भूगोलबाट उपस्थित योग साधकहरुको विच बाट नेतृत्व छनौट गरिएको पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नवराज काफ्लेले बताउनु भयो ।
कार्यक्रमका विच पातञ्जल योग समिति नेपालका केन्द्रिय संरक्षक डा चन्द्रमणी खनालले पातञ्जल योग समिति नेपालले स्पष्ट उद्धेश्यका साथ योगजागरण अभियानको कार्यक्रम लिएर देशव्यापीरुपमा जुटेकोमा पातञ्जल योग समिति नेपाल र यसमा सम्बद्ध व्यक्तित्वहरुलाई धन्यवाद प्रकट गर्दै सम्पुर्ण योगप्रेमीजनहरुलाई यसको छातामूनि गोलबद्ध हुन आहवान गर्नुभएको छ ।
योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालले योग र ध्यानको क्षेत्रलाई गुट उपगुट,व्यक्तिगत स्वार्थ र भ्रष्टाचारका प्रदुषणबाट मुक्त गराई शुद्ध नैतिक आध्यात्मिक संस्थाको रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका विच पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले देशभित्र गरिने आध्यात्मिक एवं योगिक गतिविधिहरुमा राष्ट्रप्रेम, सदभाव, आपसी भाईचारा एवं राष्ट्रिय पहिचानका साथ राष्ट्रधर्म र स्वाभिमान कायम गर्ने तर्फ केन्द्रित भई पातञ्जल योग समिति नेपाल देशका विभिन्न भेग भूगोलमा योग शाखा विस्तार गर्दै अघि बढिरहेको उल्लेख गर्नु भयो ।
पातञ्जल योग समिति नेपालका केन्द्रिय उपाध्यक्ष राजभक्त श्रेष्ठ,कोषाध्यक्ष जानुका भट्टाराई, सहकोषाध्यक्ष शकुन्तला श्रेष्ठ, सदस्य डा प्रकाश पाण्डे, सदस्य राममणि न्यौपाने, सदस्य योग प्रसाद आचार्य, सदस्य सोम प्रधान, सदस्य गीता प्रसाद नेपाल, सदस्य रामनाथ अधिकारी, सदस्य जयराम केसी, केन्द्रिय सल्लहाकार संयोजक होम प्रसाद गौतम, जिल्ला समन्वय समिति भक्तपुरका सदस्य एवं सल्लाहाकार सदस्य गीता देउजा, पातञ्जल भक्तपुर शाखा उपाध्यक्ष रज्जु सापकोटा एवं सहसचिव श्रृजना मल्ल ठकुरी लगायतका वक्ताहरुले वर्तमान बद्लिदो सामाजिक परिवेशमा योगको महत्वको विषयमा चर्चा गर्दै सर्वसम्मत चयन नेतृत्वलाई बधाई एवं सफल कार्यकालको शुभकामना प्रकट गर्नु भएको थियो ।
सोहि दिन बसेको पातञ्जल योग समिति काभ्रे शाखाको वैठकबाट रामनाथ अधिकारी र सिताराम सापकोटालाई संरक्षक र श्रीधर नेपालको संयोजकत्वमा रामकृष्ण श्रेष्ठ, लक्ष्मीदेवी अधिकारी र रामशरण लुईटेललाई सल्लाहाकार समितिमा मनोनित गरेको पातञ्जल योग समिति नेपालका महासचिव एवं प्रचार प्रसार समितिका संयोजक नवराज काफ्लेले अवगत गराउनु भयो ।