कोलकाताबाट ५ दिनमा नेपालमा सामान आइपुग्ने

नेपाल व्यवसायी संघले तेस्रो मुलुकसँगको व्यापारमा रहेको झन्झटिलो व्यवस्थाबाट मुक्ति पाउने भएका छन् । आउँदो फागुन ३ देखि भारतको कोलकाता तथा हल्दिया पोर्टमा विद्युतीय कार्गो प्रणाली (इसीटीएस) लागू हुने भएपछि नेपाली व्यवसायीको लागत र समय दुवै बच्ने भएको हो ।

कोलकताबाट सामान छुटाउन यसअघि १ महिनासम्म लाग्ने गरेकोमा अब बढीमा ५ दिनमात्र लाग्नेछ । यसबाट व्यवसायीलको लागत घट्ने तथा उपभोक्ता मूल्यसमेत कम हुनेछ । विद्युतीय कार्गो प्रणालीले नेपालको आयात तथा निर्यात व्यापार थप सहज बन्ने विश्वास उद्योगी व्यवसायीले गरेका छन् । आजको कारोबार दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com