‘मिसेस व्यूटी क्वीन’को ताज २९ वर्षीया शान्तिलाई

काठमाडौँ, १३ माघ । सिजन मिडियाको आयोजनामा भएको ‘मिसेस ब्यूटी क्वीन २० ७५’को ताज काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले पहिरेकी छिन् ।

कमलादीस्थित प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै मिस लिम्बूले ताज जितेसँगै उनले ‘पर्सनालिटी अवार्ड’समेत जितेकी छिन् ।

उनले सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै सफल भएकी हुन ।

उनको जवाफ जस्ताको तस्तै, “मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्तन्त्रताको सम्मान, विश्वास, माया, एकअर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको बास हुनसक्छ।” यही जवाफले आठ निर्णायकको मन जितेर उनले ताज पहिरेकी हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com