पूर्वयुवराज पारसलाई हृदयघात : मुटुको भल्व खोल्ने प्रयास जारी

काठमाडौँ, १४ माघ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ ।

उनी नर्भिक अस्पतालको आईसीयूमा राखेर उनको उपचार जारी रहेको छ । शाहको कोलोनरी एन्जियोप्लास्टीबाट मुटुको भल्व खोल्ने प्रयास भइरहेको अस्पताल स्रोतले बताएको छ ।

छातिमा समस्या आएपछि पारसलाई दिउसो साढे चार बजे नर्भिक ल्याइएको थियो । त्यहाँ डा। यादवदेव भट्टसहितको टिम उनको उपचारमा सक्रिय छन् । पारसलाई मुटुको पुरानो समस्या छ । यसअघि उनी दुईपटक हृदयघातको शिकार भएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com