होटल तथा रेस्टुरेन्टमा लिदै आएको सेवा शुल्क हट्यो

काठमाडौँ, १५ माघ । होटल तथा रेस्टुरेन्टमा लिदै आएको सेवा शुल्क हटाएसँगै ग्राहकलाई फाइद पुगेको छ ।

रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट मंगलवारदेखि लागु हुने गरी सेवा शुल्क नलिने निर्णय गरेको हो ।

यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो । त्यसरी आएको रूपैयाँ मजदुर र उनीहरूकासंगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो ।

रेवानको यो निर्णयसँगै ठूला होटल र पार्टी प्यालेसलाई पनि दबाब पर्ने भएको छ । पछिल्लो समय सामाजिक सुरक्षा कोषबाट मजदुरहरूको सुरक्षा भएको र स्वेच्छिक रूपमा दिने टिप्सलाई कुनै पनि बन्देज नलगाएकोले मजदुरलाई असर नपर्ने भन्दै रेबानले उक्त निर्णय लिएको जानकारी दिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com