दुई राप्रपा एक हुँदै : माघ १८ गते घोषणा गर्ने

काठमाडौँ, १६ माघ । पशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रीक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच यहि माघ १८ गते एकता हुने भएको हो ।

सामुहिक नेतृत्व प्रणालीबाट एकतापछिको पार्टी सञ्चालन गर्ने, निर्वाचिन चिन्ह हलो राख्ने र दुई जना नै अध्यक्ष रहने गरी प्रारम्भिक सहमती भएको बताइएको छ ।

यस्तै, संवैधानिक व्यवस्थालाई आत्मसाथ गर्दै संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रबारे मध्यमार्गी बाटो पहिल्याउन छलफल जारी राख्ने सहमति भएको बुझिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com