प्रदेश सरकारद्वारा शहीद पार्कको शिलान्यास
वीरगञ्ज, १६ माघ । प्रदेश २ सरकारले वीरगञ्जमा आज शहीद पार्कको शिलान्यास गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा वीरगञ्जको घण्टाघर छेउमा विपी उद्यानको जग्गामा शहीद पार्कको शिलान्यास गरेका हुन् ।
उक्त शिलान्यास कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले बोल्दै मधेस आन्दोलनकै बलमा संघीयता र गणतन्त्र आएको कुरा नभुल्न आग्रह गरेका छन ।
उनले कांग्रेस, नेकपालगायतका दललाई जात धर्म, समुदाय भन्दा माथि उठेर आउन समेत आग्रह गरेका छन ।