कांग्रेसद्वारा प्रदेशसभा वैठक अवरुद्ध
बुटवल, १८ माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा र निर्मला पन्तका हत्यारा पत्ता लगाउन माघ गर्दै प्रदेश नं ५ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ ।
डा. केसीको जीवन रक्षा र निर्मला पन्तका हत्यारा पत्ता लगाउन चौतर्फी दवाव भएपनि सरकारले कुनै कदम नचालेको भन्दै विपक्षी दलका नेता बलदेव शर्मा पोखरेल रोष्टम अगाडि गएर वैठक चल्न नसक्ने भनेपछि कांग्रेस सांसदहरु उठेर वैठक अवरुद्ध गरेका हुन् ।
कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले माघ २२ गतेसम्मका लागि वैठक स्थगित गरेका छन् ।