करियर आइडल बनीन् प्रकृति

 कक्षा ८ मा अध्ययनरत छात्रा प्रकृति सुवेदी ‘करियर आइडल २०७५’ बन्न सफल भएकी छिन ।

पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीले आयोजना गरेको करियर आइडल गायन प्रतियेगितामा उनले ५ देखि ९ कक्षासम्मका ९१ जना विद्यार्थीलाई उछिनेर प्रकृतिले करियर आइडलको उपाधि जितेकी विद्यालयको शैक्षिक विभाग प्रमुख दिपेन्द्र श्रेष्ठले बताए ।

पहिलो चरणमा ९२ जना, त्यसपछि २४ र उत्कृष्ट १० जनामध्ये भएको अन्तिम प्रतिष्पर्धामा प्रकृतिले उत्कृष्ट भएर सो उपाधि जितेकी हुन । सो प्रतियोगितामा कक्षा ८ कै उज्ज्वल आले मगर पहिलो रनर अप भए भने कक्षा ७ का दिकेश श्रेष्ठ दोस्रो रनर अप भए । विजयी गायकहरुलाई विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठ र प्रिन्सिपल हेम राईले पुरस्कार प्रदान गरे ।

गायनमा रुचि भएका विद्यार्थीलाई अवसर दिएर गायन क्षेत्रमा प्रोत्साहन गर्ने उद्धेश्यले विद्यालयले हरेक वर्ष ‘करियर आइडल’ प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिताका निर्णायकहरुमा टेलिभिजन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ का उत्कृष्ट २४ भित्र परेका प्रतिष्पर्धि नवराज सापकोटा र युवा संगितकार शंकर योगी थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com