अध्यक्ष निकितालाई मन्त्रालयले माग्यो स्पष्टिकरण
काठमाडौं, २१ माघ । चलिचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले लिखित स्पष्टिकरण मागेको छ ।
बोर्डको काम सन्तोषजनक नरहेको भन्दै अध्यक्ष पौडेललाई मन्त्रालयले स्पष्टिकरण माग गरेको हो ।
आइतबार मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो । उक्त बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै संस्थान,बोर्ड र निकायका प्रमुखहरु सहभागी थिए भने विकास बोर्डकी अध्यक्ष पौडेल थिइनन् ।
बैठकमा चलिचत्र विकास बोर्डको प्रगति विवरण सुनाउन निकिता अनुपस्थित रहेपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा सोधेका थिए ।
मन्त्री बास्कोटाले विदा स्वीकृत नगराई चौमासिक बैठक चलेको समयमा अनुपस्थित भएको हो भने तत्काल स्पष्टिकरण सोध्न र गोरखापत्रमा सूचना निकाल्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।