लापरबाहीले बालकको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

झापा, २१ माघ । झापाको बिर्तामोडमा चिकित्सकको लापबाहीले २ वर्षीय बालकको मृत्यु भएको भन्दै विर्तासिटी अस्पतालमा तोडफोड भएको छ ।

मेचीनगरका २ वर्षीय बालक जेनिस राजवंशीलाई झाडापखाला लागेपछि उपचारका लागि उक्त अस्पतालमा ल्याइएका थियो । उपचार गर्नका लागि ल्याइएका बालक जेनिस मृत्यु भएपछि चिकित्सकको लापबाहीका कारण ज्यान गएको भन्दै आफन्तले राति नै ढुंगामुढा गरेका थिए ।

तोडफोडका कारण अस्पतालको झ्याल, ढोका र आकस्मिक कक्षमा क्षति भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com